सूचनाको शक्ति - The Power Of Information

        

निजी लगानीमा १२ करोडको प्रादेशिक दुग्ध उद्योग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिए । गत वर्षको मसिरदेखि उद्योग निर्माण शुरु गरिएकामा अब तीन महिनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउने उनले बताए । बजारको माग झण्डै सात हजार लिटर छ । तर, दुई हजार लिटर अझै अपुग छ ।
पच्चीस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले काठमाडाँैमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताए । अहिले यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन दुई हजार लिटर बजारमा पु¥याइने जानकारी दिँदै उनले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पु¥याउने लक्ष्य राखेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १५:२६