सूचनाको शक्ति - The Power Of Information

        

बिदा पुनः माग गर्दै ज्ञापनपत्र

बाँके । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले आदिवासी जनजाति समुदायका पर्वमा कटौती भएका विदाको बिरोधमा ज्ञापनपत्र बुझाएको छ । परिषद्ले मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौंलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
आदिमकालदेखि मनाउदै आएको उधौलीउभौली, तमु ल्होसार, सोनम ल्होसार, ग्याल्पो ल्होसार र माघीरमाघे सक्रान्ती गरि पाँच दिन सार्बजनिक बिदा पाउदै आएकोमा सरकारबाट भएको विदा कटौतीको परिषद्ले भत्र्सना गरेको तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति बाँकेका अध्यक्ष युगबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १६:३८