बुटवल । नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान ब्यूरो (आरआइटी) नेपालगन्जले बुटवलबाट २५ किलो लागूऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले र बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती चरेशसहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरी निरिक्षक रेग्मीका अनुसार बुटवल उपमहानगर–१३ बस्ने ४० वर्षिय दिपेन्द्र घर्ती, जाजरकोट नलगाड नगरपालिका–२ बस्ने २८ वर्षिय रोहितसिंह बिक, खलंङ्गा नगरपालिका–९ बस्ने ४५ वर्षिय तिलक पुन र बरिकोट गाउँपालिका–१ बस्ने २८ वर्षिय टोपेन्द्र बोहरालाई पक्राउ गरेको हो ।
एक महिनाअघि मात्रै ३७ किलो चरेशसहित कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको टोली त्यसपछि बरामद गरेको यो सबैभन्दा ठुलो परिमाणको लागुऔषध हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
।