सूचनाको शक्ति - The Power Of Information

        

अवैध निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

बाँके । बाँकेबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिलसहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नम्बरको ट्रयाक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगन्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताए । नरैनापुरको फार्मले नेपालगन्जबाट उक्त परिमाणको केराउ खरीद गरी स–सानो बोरामा राखेर निकासी गर्न लागिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १२:२३