सूचनाको शक्ति - The Power Of Information

        

यस्तो बन्दैछ धरहरा (भिडियोसहित)

काठमाडौं । अब हाम्रो धरहरा यस्तो बन्दैछ । अबको धरहरा २२ तलाको हुनेछ । गुम्बज र गजुरसहित ७७ मिटर अग्लो हुनेछ । जहाँ भर्याङ मात्र होईन लिफ्ट समेत हुनेछ । पहिले ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा अब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ । तर, नयाँ बन्ने यो धरहराको स्वरुप पनि पुरानो धरहरा जस्तै हुनेछ ।
भूकम्पबाट बचेको भागलाई भुईचालो स्मारकको रुपमा टेम्पर्ड ग्लासले छोपेर राखिनेछ । भिमसेन थापाको पालामा बनेको धरहरा २०७२ सालको भुकम्पमा पूर्ण क्षति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ साल फागुन ४ गते ‘मै बनाउछु मेरो धरहरा’ अभियान घोषणा गरेका थिए । यस अभियानको अर्थ स्वदेशी लगानीमैं धरहरा बनाउनु थियो । यो अभियानबाट २४ करोड रुपैंया संकलन भएको थियो । यसैगरी अहिले भूकम्प प्रभावित अधिकाशं सम्पदा क्षेत्रको पुनःनिर्माणले गति लिएको छ । भूकम्पवाट क्षतिग्रस्त सम्पदामध्ये अहिलेसम्म १९५ वटा सम्पदाको निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले २०५ वटा सम्पदा निर्माणको कार्य एकैपटक अघि बढिरहेको छ ।
काठमाडौं उपत्यकाका विश्व सम्पदामा सूचिकृत भएका सम्पदाहरुको समेत पुनःनिर्माणको कार्य तिव्र गतिमा भैरहेको छ । युनेस्कोले समेत पछिल्लो ६ महिनामा सम्पदाहरुको पुनःनिर्माणको राम्रो काम भएको भनेर नेपाल सरकारलाई प्रोत्साहित गरेको छ । सन् २०२० मा नेपालले पर्यटन बर्ष मनाईरहँदा हाम्रो लागि यो खुशीको कुरा हो ।
२०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले सम्पदाहरुमा ठूलो क्षति भयोे । ७५३ भन्दा बढि सम्पदामा नोक्सान पुर्याएको प्रारम्भीक तथ्याङ्क थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्रीमा चयन भएपछि २०७३ साल बैशाख १३ गते भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको काम सुरु गरेका थिए ।

 

 

 

#हाम्रो कथा

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १३:४०