सूचनाको शक्ति - The Power Of Information

        

तिम्ल्याहा बच्चाको उपचारमा समस्या

म्याग्दी । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेकी छन् ।
परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् राजु परियारले बताए ।
कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ । तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब रु ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार ०७:५४