सूचनाको शक्ति - The Power Of Information

        

मोडल सजिनालाई सन्तोषले डोली चढाएपछि…


सम्मान म्युजिक प्रालिको प्रस्तुतिमा कार्की पुष्कर सिंहको गीति कोसेली ‘पराइको डोली चढेर’ सार्वजनिक भएको छ । लाखौं गीतहरुको माझमा अर्को पृर्थक आफ्नै जीवन घटनालाई समेटेर बनाइएको गीतको भिडियो बजारमा ल्याइएको हो । प्रतिभाका धनी गायक सुशील कुमार बिक र बहुचर्चित गायिका टीका पुनको उक्त गीतमा आवाजमा रहेको छ । लय तथा शब्द कार्की पुष्कर सिंहको हो ।
सानैदेखि गीत गाउन, नाच्न र अभिनय गर्न रुचाउने चितवनकी प्रतिभा सजिना लामिछानेले पनि अभिनय गरेकी छन् । सानै उमेरमा आफुलाई साङ्गितिक क्षेत्रमा उभ्याउन सफल लामिछानेले आफ्नै बिज्नेस म्युजिक कम्पनी, गीत रेकर्डिङ स्टुडियो, म्युजिक भिडियोहरु धेरैमा आफैले निर्देशन र दुई दर्जन जति गीतहरुमा अभिनय गरी छुट्टै पहिचान बनाउनु सजिनाको सफलता हो । गीतमा मोडेल सन्तोष पौडल र सन्तोष कार्कीको अभिनय देख्न सकिन्छ । सागर गौतमले खिचेको भिडियोलाई रमित वलीले सम्पाद गरेका छन् । यस गीतको भिडियोलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार ०७:३९