सूचनाको शक्ति - The Power Of Information

        

लाइसेन्स आवेदन अवरुद्ध, सेवाग्राही मर्कामा

बाँके । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन सोमबार पनि सेवाग्राहीले भर्न पाएका छैनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सर्भर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन सोमबार पनि अवरुद्ध भएको हो ।
यातायात व्यवस्था कार्यालय भेरीका शाखा अधिकृत बैकुण्ठराज रेग्मीले भने, ‘सोमबार पनि काम हुन सकेन । विभागका अनुसार ओभरफ्लो भएर दिनभरि काम हुन नसकेको खबर छ । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिट्टै हुन्छ ।’ सर्भर डाउन भएर सफ्टवेयर नखुलेपछि सेवाग्राही मर्कामा परेका छन् ।
बीचमा आवेदन वन्द गरिएको हुँदा अहिले एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको यातायात कार्यालयले जनाएको छ । दैनिक लाइसेन्सको माग बढ्नुका साथै लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तीर्ण भई पुनःट्रायल दिनेहरूको संख्या बढेपछि नयाँ आवेदन बन्द गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार ०६:५६