सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीलाई सेनेटरी प्याड निर्माण तालिम

बाँके । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेको साझेदारी र जनसेवा माध्यमिक विद्यालय उढरापुरको समन्वयमा विद्यालयमा महिनावारी स्वच्छता ब्यवस्थापनका लागि सेनेटरी प्याड निर्माण तालिम सम्पन्न भएको छ ।
उक्त तालिम विद्यालयका विद्यार्थीहरुको ज्ञान बढाउन र उचित महिनावारी स्वच्छता व्यवस्थापन गर्न, उनीहरुलाई महिनावारीका बारेमा खुलेर बोल्न सक्षम बनाउन र महिनावारीको बारेमा अन्धविश्वास हटाउनका लागि यस्तो खाले तालिमका आयोजना गरिएको हो ।
तालिमले महिनावारी सम्बन्धी अन्धविश्वास, भ्रम, महिनावारी चक्र, महिनावारी स्वच्छता व्यवस्थापन, महिनावारीको बेलामा परिवार, शिक्षक र साथीले निर्वाह गर्ने भूमिका र दायित्व सम्बन्धी मुद्दाहरुलाई सम्बोधन गर्नका निम्ति सहभागीतामूलक विधि प्रयोग गरिएको थियो ।
आगामी दिनमा सस्थाले विद्यालयमा लैङिकमैत्री शौचालयहरु निर्माण गरी महिनावारीको समयमा प्रयोग गरिने प्याडहरुलाई निर्धक्क साथ सुरक्षित विसर्जन गर्न र साबुन पानीले हात धुने सुविधा ब्यवस्थापन गर्ने परियोजना सिनियर सुपरभाइजर लक्ष्मी शर्माले बताए ।
तालिममा विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्नै छात्रा र महिला शिक्षक गरि २८ जनाको सहभागीता रहको र उक्त तालिम २ दिनसम्म सञ्चालन रहेको थियो । तालिम कार्यक्रमको सहजिकरण परियोजनाका सिनियर सुपरभाइजर लक्ष्मीप्रसाद शर्मा र कार्यक्रम अधिकृत कल्पना अधिकारी र प्रशिक्षक रिता गिरीले गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १९:२६