सूचनाको शक्ति - The Power Of Information

        

मनाइयो विश्व शौचालय दिवस (फोटोफिचर)

बाँके । बाँके तथा बर्दियामा बिभिन्न कार्यक्रम गरी बिश्व शौचालय दिवस २०१८ भब्यताका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस ‘चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता’ भन्ने नाराका साथ मनाइएको हो । दिवसको अवसरमा बाँकेमा अन्तरक्रिया, ¥याली, सरसफाई कार्यक्रम तथा बर्दिया अन्तरक्रिया तथा सरसफार्य कार्यक्रम गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाको इ गाउँमा समदायका सर्वसाधारणबीच शौचालयको महत्वबारे अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा सबैलाई शौचालयको आवश्यकतामा जोड दिइएको थियो । त्यस्तै त्यस्तै वडा नं. ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मनकामनापुरका बिद्यार्थीहरुले जनचेतनामुलक ¥याली निकालेका छन् । उनीहरुले शौचालय निर्माण गरौं, सावुन पानीको प्रयोग गरोैं, वातावरण सफा गरौं, बिश्व शौचालय दिवस सफल पारौं भन्ने जस्ता नारा लगाई मनकामनापुर टोलको परिक्रममा गरेको बिद्यालयका शिक्षक लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।
यस्तै डुडुवा गाउँपालिका वडा नं. ५ स्थित ज्ञानदिप माध्यमिक बिद्यालय डलैपुरमा सरसफाई कार्यक्रम गरिएको छ । बिद्यालयमा रहेको बाल क्लबको अगुवामा दिवसको अवसरमा बिद्यालय प्राङ्गणको सरसफाई गर्नुका साथै शौचालयको सरसफाई गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबीर थापाले बताउनुभयो । यस्तै समुदायमा सरसफाई सम्बन्धि अभिमुखिकरण समेत साोही वडामा गरिएको जनाइएको छ । यस्तै बर्दिया राजापुर वडा नं. ५ र ६ मा समुदायबीच सरसफाई सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
शौचालय निर्माणछि अपनाउनुपर्ने सावधानी, सरसफाई र महत्व जस्ता कुराका बारेमा छलफल गरिएको थियोे । सरसफाईका क्षेत्रमा कार्य गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दियाको समन्वय, वडास्तरिय खानेपानी सरसफाई समन्वय समिति तथा बिद्यालयमा रहेका बाल क्लबको आयोजनामा बिबिध कार्यक्रम गरिएको हो । अहिलेसम्म नेपालमा करिब १०० घर मध्ये ९८ घरमा चर्पी निर्माण भएको र ६० जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने ४ जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रक्रियामा रहेको छ ।
सन् २०३० सम्म सबैका लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्न पनि यस वर्षको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ । नेपालले विश्व चर्पी दिवस मनाइरहेको सन्दर्भमा चर्पीलाई सधैँ सफा राख्ने, भरिएको चर्पीको मललाई सुरक्षित संकलन, ढुवानी र प्रशोधन गर्ने कार्यलाई प्रकृति र प्रविधिको तालमेल गरी कार्यान्वयन गर्न मन्त्रालयले अपिल गरेको छ ।
वरपर स्वच्छ र आकर्षक हुन्छ, जसले मानिसमा स्फूर्ति बढाउँछ, सरसफाइमा गरिने १ रुपियाँ खर्चले स्वास्थ्यमा हुनसक्ने १ हजार खर्च बचाउँछ, विद्यालयमा छात्राहरूको उपस्थिति र प्रभावकारी अध्ययन बढ्छ, झाडापखला लगायत दिसाबाट सर्ने रोग, रोकथाम भई बालमृत्यदर घट्छ, प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक स्थानहरू सुरक्षित हुन्छन्, मानिस सभ्य हुन्छन्, प्रतिष्ठा तथा सम्मान बढ्छ र पर्यटनमा वृद्धि हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार १७:५२