सूचनाको शक्ति - The Power Of Information

        

२६ बर्षीय युवतीलाई आफ्नै घरमा लगेर बलात्कार

बाँके । बलात्कारका घटनाले चरमरूप लिइरहेका बेला शुक्रबार फेरि बाँकेमा एक युवती बलात्कृत भएकी छन् । २६ बर्षिय युवती बलात्कृत भएको इलाका प्रहरी कार्यालय कोहलपुरले आजमात्रै जानकारी दिएको छ ।
कोहलपुर नगरपालिका–११ मा बस्ने ती युवतीको बलात्कारको आरोपमा स्थानीय राजकुमार थारु पक्राउ परेको प्रहरीले जनाएको छ । शुक्रवार राती स्थानीय राप्तीसोनारी गाउँपालिका स्थायी घर भएका थारुले युवतीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ ।
घरमा बन्धक बनाएर रातभर बलात्कार गरेपछि ट्रिपरमा राखेर थारुले युवतीलाई उनको घरमा पठाएको खुल्न आएको प्रहरीले बताएको छ । पीडितले प्रहरीमा उजुरी दिएपछि थारु प्रक्राउ परेका हुन् । युवतीलाई ट्रिपर चढाएर पठाएपछि अभियुक्त भागेका थिए ।
कोहलपुर नगरपालिका–१० बाट पक्राउ परेका थारुमाथि अनुसन्धान प्रक्रिया चलिरहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ । यसअघि बाँकेमा आठ वटा यस्ता बलात्कारका घटना घटिसकेका छन् । तर, प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरे पनि घटना र दोषीमाथि कारबाही भने भएको पाइँदैन ।
बाँके प्रहरी प्रमुख अरूण पौडेल भने यस्ता घटनामा अनुसन्धान भइरहेको बताउँदै आएका छन् । बलात्कारका घटना संलग्न भएको आरोपमा पक्राउ परेकामाथि निष्पक्षरूपमा कारबाही हुन नसक्दा बाँकेमा यस्ता घटनाले अहिले पनि प्रशय पाइरहेको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १८:३२