सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा घुम्ती सौचालय, खुला सौच गर्नुपर्ने बाध्यता हट्ने

फाइल तस्वीर

बाँके । पश्चिम नेपालको व्यस्त शहर नेपालगन्जमा पर्याप्त सार्वजनीक सौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुने गरेको छ । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका छन् । अब भने नेपालगन्ज शहरमा सार्वजनीक सौचालयको समस्या हट्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले रु.५९ लाखको लागतमा चार वटा घुम्ती सौचालय ल्याएसँगै सार्वजनीक सौचालयको समस्या हट्ने देखिएको हो । यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइनसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
‘अहिले नै कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना बनाइसकेका छैनौं,’ उनले भने, ‘भर्खरै मात्र खरिद गरेर ल्याएका छौं । नगर कार्यपालिकाको बैठकले केहीदिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ ।’
उनका अनुसार सार्वजनिक शौचालय नभएका तथा ारी 8Dरुहरुको भीड हुने क्षेत्रमा घुम्ती सौचालय राखिनेछ । ‘सौचालयको समस्यालाई व्यवस्थित ढंगले समाधान गर्न आवश्यकता हेरेर उपमहानगरपालिकाले थप सौचालय खरिद गर्ने योजना छ,’ सूचना अधिकारी पौडेलले भने ।
सार्वजनिक सौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुहरुका लागि घुम्ती सौचालय प्रभावकारी हुने देखिएको छ । सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्याको अन्त्य गर्न नेपालगन्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागिएको हो ।
ट्याक्टरमा जडान गरेर घुम्ती सौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ । मानिसहरुको भीड भएका बेला सौचालयको अभावमा खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यता हट्ने सूचना अधिकारी पौडेलले बताए । सौचालयबाट संकलीत मलमुत्रलाई प्राङगारीक मल बनाएर प्रयोग गरिने उनको भनाई छ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १३:२३