सूचनाको शक्ति - The Power Of Information

        

अनुदान रकम खर्च गर्न मन्त्रीपरिषदको अख्तियारी

बुटवल । प्रदेश सरकारले वित्त हस्तान्तरणमार्फत थप भइ आएको रकम खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय गरेको छ । संघीय सरकारबाट प्रदेशमा सशर्त अनुदान अन्तरगत एक अरब ५५ करोड ५२ लाख ६४ हजार रुपैयाँ आएको छ ।
यो रकम प्रदेशको बजेटमा समावेस गर्नुपर्ने भए पनि अहिले प्रदेशसभा अधिवेशन चालु नभएकाले शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सोझै खर्च गर्न अख्तियारी दिइएको हो । अहिले सशर्त अनुदानको रकम खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने र पछि प्रदेशसभामा अनुमोदनको लागि पेश गरिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
शुक्रबारको बैठकले प्रादेशीक आकस्मीक कोष प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने प्रदेशिक विश्वविद्यालयको विधेयक मस्यौदा बनाउन सैदान्तिक स्वीकृति प्रदान गरेको छ । पशु स्वास्थ्य तथा पशुसेवा सम्बन्धी विधेयकमा संसोधन गर्ने प्रस्ताव पनि गरेको छ । त्यस्तै प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश सरकारको चौमासिक समिक्षासमेत गरेको छ । पछिल्लो ४ महिना अर्थात् साउनयता २० वटा बैठक बसेको मन्त्री चौधरीले बताए । उनले अबको प्रदेशसभा अधिवेसनमा १३ वटा विधेयक लैजाने तयारी गरेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०७:२६