सूचनाको शक्ति - The Power Of Information

        

पहिलो पटक हुम्ला पुग्यो सरकारी गाडी

हुम्ला । हुम्लामा पहिलोपटक सरकारी सवारीसाधन पु¥याइएको छ । चीनमा नेपाली सवारी साधनलाई गुड्ने अनुमति नहुँदा काठमाडौं–रसुवा–चीन हुँदै हुम्लामा पहिलोपटक सरकारी सवारी साधन पु¥याइएको हो । गाडीलाई रसुवाबाट चिनियाँ कन्टेनरले ताक्लाकोट बजारसम्म ढुवानी गरेको थियो ।
राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लामा सडक विस्तार र अनुगमन गर्न हिल्सा–सिमकोट सडक आयोजनाले ल्याण्डक्रुजर गाडी ल्याएको हो । गाडीलाई हुम्ला पु¥याउँदा चीनको सडक पार गर्न २ लाख ५० हजार रुपैयाँ ढुवानी शुल्क तिर्नु परेको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख सशांक मिश्रले बताए ।
हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर बाटोको ट्र्याक खुलेपछि सडक आयोजनाको कामलाई द्रुतगतिमा सञ्चालन गर्नको लागि बा १ झ ५८५० नम्बरको गाडी ल्याइएको हो । सुर्खेत र नेपालगन्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनियाँ सडक प्रयोग गरी ल्याइएको हो ।
यसअघि निजी गाडीलाई नेपाली सेनाको हलिकोप्टर प्रयोग गरेर ३० लाख हवाई ढुवानी गरेर ल्याइएको भए पनि सरकारी गाडीलाई पु¥याउनको लागि त्यति धेरै रकम नभएकोले सडकमार्ग रोजेको आयोजना प्रमुख मिश्रले बताए । गाडीलाई हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर दुरी पार गर्न ९ दिन लागेको थियो ।
सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ–ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो । हिल्साबाट सल्ली हुँदै लेक धिँगाबाट सिमकोट पार गर्नको लागि हेप्का खोलामा पुल बनाएमा अब केही सहज हुने देखिएको छ । नेपाली सेनाले बाजुराबाट दक्षिणको सडक ट्रयाक खोल्ने प्रयास गरे पनि अझै हुम्लालाई सडक सञ्जाल छुनको लागि एक दश लाग्ने स्थानियको अनुमान रहेको छ ।
सिमकोट गाउँपालिकाको सदरमुकाम सिमकोटदेखि खार्पुनाथसम्म नियमित गाडी सञ्चालन भए पनि हुम्लामा सडक सञ्जाल खोल्नको लागि कछुवा गतिमा काम भइरहेको छ । दक्षिणमा अदानचुली र ताँजाकोट गाउँपालिकाले आन्तरिक सडक निर्माण गरिरहेको छन् भने विच क्षेत्रको सर्केगाड र चंखेली गाउँपालिकाले पनि हरेक वर्षको बजेटमा सडक सञ्जाल जोड्नको लागि प्राथमिकतामा राखेको छ ।
हिल्सा सिमकोट सडक आयोजनाको सरकारी नम्बर प्लेटको गाडी भित्रिएपछि अब हुम्लामा सञ्चालन भएका आयोजनासँग सम्वन्धित सडक विस्तारमा केही तिव्रता ल्याइने कार्यलय स्रोतले जानकारी दिएको छ । गाडी हुम्ला पुुगे पनि यसको इन्धन भने महँगो तिरेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पु¥याउँदासम्म प्रतिलिटर ६ सयदेखि ७ सय रुपैयाँसम्म पुग्ने भएको कारण यहाँका निजी र सरकारी गाडीलाई थप भार परिरहेको छ ।
कच्ची सडकमा गाडी गुडाउँदा ईन्धनको खपत बढी हुने भएको कारण पनि अझ थप भार परिरहेको छ । कच्ची सडकमा खाल्डो हुने र साँघुरो बाटोमा गाडी गुडाउनको लागि जोखिम रहेको गाडी चालकले बताउने गरेको छन् । कहाँनेर के हुने हो भन्ने ठेगान नै छैन, तै पनि हामी ज्यानलाई हत्केलामा राखेर गाडी गुडाई राखेको बताउने गरेका छन् । हुम्लाको उत्तरी हिल्सा नाकामा भने नेपाली नम्बर प्लेटको गाडी नभएर चिनियाँ नम्बर प्लेटका गाडी गुडिहेका छन् ।
कुनै गाडी त बिना नम्बर प्लेट भएको गुडिरहेको देख्न पाइन्छ । यातायात विभागको कार्यालय हुम्लामा नहुँदा चिनियाँ नम्बर प्लेट र बिना नम्बर प्लेट गाडी गुडाउनको लागि बाध्य भएको गाडी सञ्चालकले बताउने गरेका छन् । नेपाली गाडी ल्याउनको लागि सरकारी झमेला अनि खर्च बढ्ने भएको कारण स्थानियले सामान ढुवानी गर्नको लागि चिनियाँ गाडी प्रयोग गर्ने गरेको नाम्खा गाउँपालिका वडा नं. ६ का छिमेल तामाङले बताए ।
३० देखि ४० को हाराहारीमा हुम्लामा चिनियाँ गाडी सञ्चालन हुने गरेको स्थानियले बताएका छन् । हिउँदको मौसममा खाद्य पदार्थदेखि बन्दोबस्तीका सामान आयात गर्नको लागि चिनियाँ गाडीको प्रयोग हुने गरेको छ । नाम्खा गाउँपालिकाको अधिकांश भुभागमा अन्नबाली वर्षभरी पुग्ने नफल्ने भएका कारण स्थानीय चिनियाँ बजारबाट खाद्यान्न आपूर्ति गर्ने गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतवार ०९:४२