सूचनाको शक्ति - The Power Of Information

        

हिउँले ढाकिएको पहाड चढ्दै गरेको बच्चा भालुको वास्तविक कथा

काठमाडौं । समाजिक सञ्जालमा आजभोलि एउटा भिडियो निकै भाइरल भएको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने प्रयासमा देखिन्छ । इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमास“ग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ ।
पहिलो पटकमै बच्चा भालु हिउ“ले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो अवसथा पनि लायो कि अब बच्चा भालुको खेल खत्तम । तर, चट्टानमा अड्डिन सफल हुन्छ । र, धैरे पटक असफल भएपनि बच्चा भालुले हार मानेन र आफ्नो आमा भएको ठाउँमा पुगिछाड्छ ।
सामाजिक सञ्जालमा मानिसहरुले यो फुटेजलाई खुब मन पराएका छन् र असफलताले नै सफलता दिलाउने प्रेरणा मानेका छन् । तर, यो भिडियोको वास्तविकता के हो ? यो भिडियो रुसी फोटोग्राफर दिमित्री केद्रोवले ड्रोनको सहायताले क्यामेरामा कैद गरेका हुन् ।
भिडियोलाई ध्यानपूर्वक हेर्ने हो भने पनि थाहा हुन्छ कि कुनै कुनै बेला ड्रोनकै कारण भालुले सहज महसुस गर्दैन । नेशनल ज्योग्राफीले त्यो समयलाई निकै महत्वपुर्ण भनेको छ, जब बच्चा भालु हिउँले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, ड्रोन त्यही उभिरहेको भालु नजिक पुग्छ र उसले पञ्जाले आक्रमण गर्न खोज्छ । त्यसपछि बच्चा भालु निकै तलसम्म पुग्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार ०७:२५