सूचनाको शक्ति - The Power Of Information

        

तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजा

बाँके । आज नेपालीहरूको महान चाड तिहार तेस्रो दिन अर्थात लक्ष्मीपूजा । धनकी देवी लक्ष्मीको पूजा गरिने भएकाले आजको रात विशेष रात पनि हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यस पर्वलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ ।
वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनिन्छ । आजको दिन हिन्दु महिलाहरूले घर–घरमा गएर भैलो खेल्ने चलन छ । भैली खेल्न आउनेलाई धान, चामल, पैसा र नैबेद्य दिएर विदा गर्ने चलन छ । यसरी दान गरेपछि भैलेहरूले आशिस दिने प्रचलन पनि रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ०१:५५