सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय सुरक्षा कार्यक्रम प्रभावहीन

बाँके । बाँकेका साविकका चार गाविसका १५ वटा विद्यालय सञ्चालन भएको विद्यालय सुरक्षा कार्यक्रम प्रभावहीन देखिएको छ । सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरेको थियो ।
सेप्टेम्बर २०१८ सम्म सञ्चालन हुने सो परियोजनाले छनोटमा परेका विद्यालयका शिक्षक र प्रधानाध्यापक तथा सरोकारवालालाई विपद् विश्लेषण, न्यूनीकरण, नक्सांकन सम्बन्धी तालीम, विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप, विद्यालय र समुदायबीच सम्बन्ध सुदृढीकरणमा मद्दत पु¥याउने र बाल तथा युवा क्लबको परिचालन लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
बाढी, आगलागी वा भुुकम्प लगायतका विपदको जोखिममा रहेका जिल्लाका ४ गाविसका विद्यार्थी र अभिभावकलाई जोखिम र विपद न्यूनिकरणबारे दिइने परामर्श सेवासमेत पूर्णरूपमा प्रदान गर्न नसक्दा उक्त कार्यक्रमको प्रभाव नदेखिएको हो । जिल्लाका साविकका कचनापुर, बिनौना, बेतहनी र उढरापुर गाविसका विद्यालयलाई छनौट गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ०१:०९