सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा ११ जना जुवाडे पक्राउ

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले ट्राफिक चोक, सुख्खानगर र कालिकानगरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलको कालिकानगरस्थित एक घरबाट ४ जना, सुख्खानगर स्थित एक घरबाट ३ जना र टाफिकचोक स्थित एक घरबाट ४ जना पक्राउ गरेको हो ।
जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेकाबाट करिव ६ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुटवलका जनप्रतिनिधि समेत रहेको चर्चा भए पनि उनीहरुका विषयमा प्रहरीले केही खुलाएको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०८:१०