सूचनाको शक्ति - The Power Of Information

        

साढे ७६ हजार नगदसहित चार जुवाडे पक्राउ

बाँके । बाँके प्रहरीले मंगलबार राती नगद रु.७६ हजार ६३५ सहित चार जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगन्ज–४, स्थित भक्तबहादुर श्रेष्ठको घरमा कोठा भाडा लिई बस्ने हेमा भुजेलको कोठाबाट वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज १८ का रवि गिरी, रमित शाही, जय बहादुर चन्द र दैलेख महावु गाउँपालिका–४ का पूर्णबहादुर शाही रहेका छन् । उनीहरुको साथबाट ४ गड्डी ताससहित क्रमशः रु.१० हजार ६५, रु.११ हजार ५, रु.५ हजार २०० र रु.३६ हजार ६५५ नगद पनि बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार जुवा खालबाट रु.१३ हजार ७१० नगद रकम पनि बरामद गरिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरी निरिक्षक डाँगीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०५:३१