सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बाँके । भारतीय नागरिक सायर आलम राईलाई ८९ ग्राम ब्राउनसुगरसहित बाँके प्रहरीले पक्राउ गरेको छ । रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका राई ब्राउनसुगरसहित पक्राउ परेका हुन् । लागुऔषध अनुसन्धान ब्युरो नेपालगन्जको टोलीले आज नेपालगन्जको चौलिक्का चोकबाट राईलाई पक्राउ गरेको हो ।
भारत रुपैडिहाका १८ बर्षिय राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसबर्ष सबैभन्दा ठूलो परिमाणमा ब्राउनसुगर बरामद भएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले पक्राउ परेका आलमलाई आवश्यक अनुसन्धानका हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनीमाथि लागुऔषध कारोबार ऐन अन्तरगत मुद्दा चलाइने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १३:४८