सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा लैङ्गिकमैत्री विद्यालय बनाउने कार्ययोजना तयार

खजुरा (बाँके) । खजुरा गाउँपालिकामा लैङ्गिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजना अन्तरगत लैङ्गिक रुपान्तरणका तथा समावेशी शिक्षा सम्बन्धी दुईदिने तालिम सोमबार सकिएको छ । गाउँपालिकासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित तालिममा सञ्चालन गरिएको थियो ।
तालिममा परियोजनाको उद्देश्यलाई पुरा गर्न लैङ्गिकमैत्री विद्यालय बनाउन सामाजीकरणमा लैङ्गिकताको भूमिका, परम्परागत लैङ्गिक अवधारण, लैङ्गिक उत्तरदायी शैक्षिक ब्यवस्थापन (शिक्षा ऐन र विद्यालय सुधार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघको काम कर्तत्वय र भूमिका, बालिकाहरुका सवाल (समस्या) र विद्यालय शिक्षामा यसको ब्यवस्थापन, विद्यालय समुदाय, गाउपालिकामा आधारित शैक्षिक सुशासन लैङ्गिक समानता लगायतका विषयमा छलफल गरिएको थियो ।
तालिमले गाउँपालिकामा लैङ्गिकमैत्री विद्यालय बनाउन कार्ययोजनासमेत निर्माण गरेको छ । संस्थाबाट संचालित परियोजनाले विद्यालयमा बालवालिकाको नियमित उपस्थिति, भर्नादरमा वृद्धि, सिकाई उपलब्धीमा वृद्धि, समानरुपमा बालबालिकाले शिक्षाको अवसर लैङ्गिकमैत्री विद्यालय हुने अपेक्षा गरिएको छ । तालिमको सहजीकरण संस्थाका सिनियर सुपरभाईजर लक्ष्मी शर्मा, खजुरा गाउँ शिक्षा शाखाका विद्यालय निरिक्षक विश्वराज ढकाल र श्रोतव्यक्ति टंक दाहालले गरेका थिए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ००:४५