सूचनाको शक्ति - The Power Of Information

        

१८८ जना यात्रु बोकेको बोइङ विमान समुद्रमा खस्यो

दुर्घटनामा परेको लायन एयरको विमान

दुर्घटनामा परेको लायन एयरको विमान


जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ताबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन एयरको एउटा बोइङ विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ । २१० जना यात्रु क्षमता भएको सो विमानमा दुई बालबालिकासहित १८८ जना सवार छन् । उडेको १३ मिनेटपछि सो विमानको विमानस्थल कन्ट्रोल कक्षसँग सम्पर्क बिच्छेद भएको थियो ।
फ्लाइट जेटी ६१० रहेको विमान जाभा क्षेत्रको समुन्द्रमा खसेर दुर्घटनाग्रसत भएको हो । लायन एयर इन्डोनेसियाको सस्तोमा सेवा प्रदान गर्ने भगिनी कम्पनी हो । इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफका अनुसार जाभा क्षेत्रमा दुर्घटना भएको विमानका यात्रुका सामग्रीहरु भेटिएका छन् । तर अझै सो विमान भेटिएको छैन । खोजी कार्य जारी रहेको छ ।
विमान दुर्घटना भएको भनिएको स्थान नजिकैको तान्जुङ प्रिओकस्थित बन्दरगाहका अधिकारीले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावेशष देखेको जनाएका छन् । सन् २०१३ मा लायन एयरकै एउटा विमान अवतरणका क्रममा समुद्रमा खस्दा त्यसमा सवार सबै १०८ आठजना बाँच्न सफल भएका थिए । सन् २००४ मा उसकै एउटा विमान सोलो शहरमा दुर्घटनामा पर्दा २५ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०६:२३