सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला अस्पतालमै डाक्टर नहुँदा सेवाग्राही समस्यामा

बर्दिया । जिल्ला अस्पताल बर्दियामा दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीहरु सेवा लिनबाट बञ्चित भएका छन् । जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहे पनि हाल ३४ जनाको मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डा.सुबास पाण्डेले बताए ।
हाल यस अस्पातालमा ३ जना बिशेषज्ञ डाक्टर, मेडिकल अधिकृत ४ जना, एमबिबिएस ५ र १ डेन्टल सर्जन डाक्टर रहेकोमा मेडिकल अधिकृत २ जनामात्र रहेको, १ जना डेन्टल सर्जन अध्ययनका क्रममा बाहिर रहेकोले बिरामीले सेवासुविधाबाट बञ्चित हुनुपरेको छ । सरकारी मापदण्ड अनुसार जिल्ला अस्पातालमा ५० शैय्याको बेड भए पनि भौतिक पूर्वाधार र प्राविधिकको समेत कमी रहेको छ ।
१५ जना बिशेषज्ञ चिकित्सक हुनुपर्नेमा स्थायीरुपमा १ जनामात्र रहेको र मेडिकल अधिकृतमा ४ जना कार्यारत हुनुपर्नेमा २ जना मात्रै रहेको र बाँकी छात्रवृत्ति करारका डाक्टर २ जना, मन्त्रालयका १ जना र मिक्ससाइमन सिप इन्टिच्युट संस्थाबाट १ जना बिशेषज्ञ र १ जना मेडिकल अधिकृत रहेको डा. सुबास पाण्डेले बताए ।
बर्दिया जिल्ला अस्पातालमा डाक्टर अभाव भएपछि काम गर्न निकै समस्या भएकोले सबै डाक्टर एकापसमा समन्वय गरेर काम गरिरहेको बर्दिया जिल्ला अस्पतालका सूचना अधिकारी लिला श्रेष्ठ जानकारी दिइन् । बर्दिया बढैयाताल गाउँपालिकाका हरिबहादुर घर्तीले जिल्ला अस्पतालमा दक्ष जनशक्ति अभावले सेवा प्रभावकारी नभएको गुुनासो पोखे ।
बर्दिया गुुलरियाकी सिमा हमालले अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा नेपालगन्ज जानुपर्ने बाध्यता रहेको बताइन् । अस्पातालले २४ सैं घण्टा फार्मेसी खोलेर सेवा दिइरहेको जनाएको छ । हाल अस्पातालले टिभी रोग, एचआईभी, लैङिग हिंसा पीडित बिरामी, पोष्टमार्टम, इमर्जेन्सी लगायतको सुबिधा दिँदै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतवार ०६:०७