सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटनामा डीआईजीसहित तीनको मृत्यु

काभ्रे । शनिबार दिउँसो काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुशील भण्डारीसहित चार जनाको मृत्यु भएको छ भने अन्य चार घाइते छन् । मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा तीन जनाको मृत्यु हुनुका साथै पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।
जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र डीआईजी सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए ।
उनका अनुसार जिपमा सवार अन्य तीनजना घाइते छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ । जिप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो दुई बजे सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १४:३८