सूचनाको शक्ति - The Power Of Information

        

यसरी सम्भोग गर्दा योनीभित्रै विर्य झरे पनि गर्भ रहँदैन

एजेन्सी । संसारकै सबैभन्दा रोमान्सले भरीपूर्ण खेल भनिन्छ सेक्सलाई । तर सेक्सलाई जति सामान्यरुपमा बुझिन्छ यो त्यो भन्दा कैयौँ गुणा जटिल छ भन्ने कुरा बुझ्न मानिसलाई समय लाग्छ । ब्यवहारिक जिवनमा नपुगी अल्लारे युवकयुवतीले यो कुरा कहिल्यै बुझ्दैनन् । जोशमा होस गुमाएर आफुलाई परेपछि बल्ल चेत खुल्ने उमेरका युवाहरुले पनि सेक्सलाई रोमान्टिक बनाउन गर्भ नरहने गरी सेक्स गर्नु आवश्यक छ ।
एक त गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ नै । तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्भ नरहन सक्छ । यो पनि परिस्थितीजन्य कुरा हो । चिकित्सकका अनुसार सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।
महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही केही तलमाथी होला नत्र यो दिन अस्थायी साधनको प्रयोग नगरी योनी भित्रै विर्य छाडिदिँदा पनि गर्भ रहँदैन । २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ ।
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ०६:३१