सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नं ५ को सञ्चार नीति २०७५ सार्वजनिक

बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउन सम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन सञ्चार नीतिले मुख्य लक्ष्य लिएको छ ।
सञ्चार नीतिको सार्वजनिकीकरण तथा प्रदेश मामिला सूचना केन्द्रको शुक्रबमर मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा ल्याइएको सूचना केन्द्रले सूचना केन्द्रमा अहिले विपद्, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरेको छ ।
मुख्यमन्त्री पोखरेलले सूचना केन्द्र नागरिकसँगको सम्बन्ध जोड्ने महत्वपूर्ण पक्ष भएकाले तल्लो तहसम्म सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको सञ्चार नीति सञ्चारमैत्री वातावरणका साथ अगाडि बढ्न नीति ल्याइएको हो भने । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका १०९ स्थानीय तहमा सूचना केन्द्र विस्तार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ००:४५