सूचनाको शक्ति - The Power Of Information

        

कम्युनिष्ट शासन नेपालमा स्थापित हुँदैन : प्रमुख सचेतक खाँड

बुटवल । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसारबाट हराउन लागेको कम्युनिष्ट शासन सत्ता नेपालमा स्थापित हुनै नसक्ने बताएका छन् । नेपाल तरुण दलको ६५ औं स्थापना दिवसका अवसरमा दलको रुपन्देही क्षेत्र नं.२ ले शुक्रबार बुटवलमा गरेको रक्तदान कार्यक्रमको उदघाटन गर्दै उनले संसारभरीका युवा स्वतन्त्रता र लोकतन्त्रका पक्षमा रहेकाले अव कुनै पनि देशमा कम्युनिष्ट सत्ता रहन नसक्ने बताए ।
उनले नेपालमा पनि निर्वाचनमा जे कुरा गरे पनि निर्वाचन पश्चात सरकारले सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशताको चरित्र देखाउन खोजेकाले जनताले कुरा बुझिसकेको बताए । उनले निर्वाचनपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियता घट्दै गएको र जनताले चाहे अनुसार काम गर्न नसकेर असफल भइसकेकाले अवको निर्वाचनमा काँग्रेस पहिलो पार्टीमा नै पुन स्थापित हुने बताए । बुटवलस्थित रक्त सञ्चार केन्द्रको सभाहलमा रक्तदान भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ००:३८