सूचनाको शक्ति - The Power Of Information

        

दिल्लीमा पक्राउ परे काँग्रेस अध्यक्ष राहुल गान्धी

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा काँग्रेसले प्रदर्शनको आयोजना गरेको थियो । सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच बिवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको जनाएको छ ।
अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ । तर विपक्षी दलले फ्रान्सबाट लडाकु बिमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १०:०२