चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ ।
यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले यो घोषणाले अचम्ममा परेको भन्दै यसलाई महत्वकांक्षी परियोजना भनेका छन् ।
के छ यसको योजना ?
अहिलेसम्म यमे योजनाका बारेमा धेरै कुरा बाहिर आएका छैनन् । पिपुल्स डेलीले पहिलोपटक यो समाचार छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको छ । वुका अनुसार केही वर्षदेखि प्रयोगहरू हुँदै आइरहेका छन् ।
यो प्रविधि अन्तिम चरणमा छ । सन् २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ । सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने उल्लेख गरिएको छ । कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन ।
कसरी काम गर्छ नक्कली चन्द्रमा ?
चाइना डेलीका अनुसार नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ । जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । यो चन्द्रमा अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ ।
वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ । यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ । इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ ।
यसले प्रकृतिमा कस्तो असर पार्छ ?
हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनले पिपल्स डेलीसँग कुरा गर्दै नक्कली चन्द्रमाले प्रकृतिमा असर नगर्ने बताएका छन् । तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता बढ्दै गइरहेको छ । चन्द्रमाको कारणले राति बिउँझै बस्ने जीवजन्तुलाई असर गर्ने बताएका छन् ।
केही मानिसले भने चीनमा प्रकास प्रदुषणको समस्यालाई तप वृद्धि गर्ने बताएका छन् । इन्टरनेशनल डार्क स्काई एशोसिएसन पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोब्र्ससँग चन्द्रमाका कारण रातको समयमा प्रकाश बढ्ने बताएका छन् । डा. सिरिओटीले पनि बीबीसीसँग भनेका छन् ‘नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ ।’
#बीबीसी हिन्दी
।