काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जमराको मालासहित विजया दशमीको टीका आफ्ना बुबा मोहनप्रसाद ओलीको हातबाट लगाएका छन् ।
बिहान साइतको समयमै बुबाले प्रधानमन्त्री ओली र उनकी बुहारी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । २०७२ सालमा प्रधानमन्त्री हुँदा बुबाले कुर्सीमा बसेका प्रधानमन्त्रीलाई टीका लगाइदिएको भए पनि यस पटक भने टीका लगाउँदा दुवै उठेका थिए । लगत्तै प्रधानमन्त्रीले पनि पत्नीलाई टीका लगाइदिएका थिए । बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीको हातबाट टीका लगाएका थिए । दिउँसो २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीले टीका लगाइदिने कार्यक्रम छ ।
त्यस्तै अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुलाई टीका लगाइदिने समय छुट्याइएको छ । आज टीका लगाउन नभ्याउनेहरुका लागि एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टीका लगाइदिने कार्यक्रम बनाइएको छ ।
।