सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘ग्याङ् फाइट’, दुई जना पक्राउ

बाँके । बाँकेको नेपालगन्जमा दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगन्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबीच ‘ग्याङ् फाइट’ भएको हो । दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबीच बिच सडकमा नै खुकुरी हानाहान भएको थियो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको बिशेष प्रहरीले घटनास्थलबाट नै एक थान खुकुरी र एक थान रडसहित २ युवाहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बाँके प्रहरीले नाम र ठेगाना खुलाएको छैन । बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सक्रियतासमेत बढाएको छ । ‘ग्याङ् फाइट’पछि युवाहरु भागेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार १३:३७