सूचनाको शक्ति - The Power Of Information

        

छोरालाई पिठ्युँमा बोकेर मौसम सम्बन्धी लाइभ कार्यक्रम (भिडियोसहित)

एजेन्सी । दुई वर्षको छोरालाई पिठ्युँमा बोकेर लाइभ कार्यक्रम सञ्चालन गर्ने एक टेलिभिजन कार्यक्रम प्रस्तोताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरालाई सलले बाँधेर मौसम सम्बन्धी लाइभ कार्यक्रम सञ्चालन गर्ने प्रस्तोता हुन्, मौसम विशेषज्ञ सुसी मार्टिन ।
उनले दुई वर्षीया छोरालाई बोकेरै मौसम सम्बन्धी जानकारी दिइन् । मौसम विशेषज्ञ मार्टिनले मौसम सम्बन्धी जानकारी दिएकै समयमा इन्टरनेसनल बेबीवेरिङ वीक चलिरहेको छ । त्यसैले पनि मार्टिनले यस्तो कदम उठाएकी हुन् । संसारलाई राम्रो सन्देश दिएकी मार्टिनको चौतर्फी प्रशंसा भइरहेको छ ।

मार्टिन संलग्न कम्पनीले यो भिडियोलाई फेसबुकमा सेयर गरेको छ । मार्टिनले लेखेकी छिन्, ‘इन्टरनेसनल बेबीवेयरिङ वीक चलिरहेको छ । मैले सोचेँ किन म आफ्नो बच्चालाई नल्याऊँ ।’ भिडियोमा मार्टिनले मौसम सम्बन्धी जानकारी दिइरहँदा बच्चा भने उनको पिठ्युँमा निदाइरहेको देख्न सकिन्छ । मार्टिनले यस्तो सहयोगका लागि अफिसलाई धन्यवाद दिएकी छन् ।
इन्टरनेसनल बेबी वीक १ अक्टोबरदेखि ७ अक्टोबरसम्म मनाइएको थियो । यसअघि न्युजील्यान्डकी प्रधानमन्त्री जैसिंडा एरडर्नले पनि धेरैलाई चकित बनाएकी थिइन् । एरडर्न तीन महिने छोरीका साथ युएन जर्नलको बैठकमा पुगेकी थिइन्। उनी आफ्नो बच्चासँग खेलिरहेको भिडियो पनि भाइरल बनेको थियो । नेल्सन मण्डेला स्पिच समिटमा पनि बच्चालाई लिएर पुगेकी एरडर्नले भाषणसमेत गरेकी थिइन् । त्यसबेला एरडर्नले धेरैको मन जितेकी थिइन् ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०६:२५