सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ट्राफिक प्रहरी प्रमुख रोकाय दाङ्गमा सम्मानित

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय उत्कृष्ट ट्राफिक प्रहरी निरीक्षकका रूपमा दाङ्गमा सम्मानित भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङ्गले ६३ औं प्रहरी दिवसका अवसरमा बिहीबार उनी सम्मानित भएका हुन् ।
पाँच नं. प्रहरी कार्यालय अन्तरगत रही ट्राफिक व्यवस्थापनको कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो । संघीय संसदका सभामुख कृष्णबहादुर महराले उनलाई प्रशंसा पत्र र पुरस्कारसहित सम्मान गरेका हुन् ।
यसैबीच, बाँकेमा पनि बाँके प्रहरीले विविध कार्यक्रमसहित ६३ औं प्रहरी दिवस मनाएको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सुशासनयुक्त र समृद्ध नेपाल निर्माणमा प्रहरी संगठनको महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रहरी दिवसमा दंगा नियन्त्रण गण खजुराका प्रमुख एसपी वीरबहादुर ओली, स्थानीय तहका प्रतिनिधी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । बाँकेका प्रहरी प्रमुख अरूण पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १४:५७