सूचनाको शक्ति - The Power Of Information

        

१४ लाख रुपैयाँमा स्वचालित हाइमाष्ट जडान

नेपालगन्जको विपी चोकमा केही दिनअघि स्वचालित बत्ती जडान गरिँदै । फाइल तस्वीर

नेपालगन्जको विपी चोकमा केही दिनअघि स्वचालित बत्ती जडान गरिँदै । फाइल तस्वीर


बाँके । नेपालगन्जको विपी चोकस्थित भारी प्रकाशसहितको बत्ती (हाई मास्ट) जडान गरिएको छ । रु.१४ को लागतमा साँझपख आफै जल्ने र विहान आफै निभ्ने स्वचालित बत्ती जडान गरिएको छ ।
लखनउको पावर प्याक इलेक्ट्रोनिक कम्पनीमार्फत ल्याइएको मास्टको ३ वर्षसम्म ग्यारेन्टी रहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले जानकारी दिए । उपमहानगरपालिकाले उक्त बत्ती उपभोक्ता समितिमार्फत जडान गरेको हो । १६ मिटर उचाईको खिया नलाग्ने फलामे पोलमा जडित ८ वटा लाइट एकसाथ बल्ने गर्दछन् ।
उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बत्तीको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाइन् । क्रम्टन कम्पनीको सो बत्ती लखनउको पावर प्याक इलेक्ट्रोनिक कम्पनीमार्फत ल्याइएको हो । उपमहानगरपालिकाले नेपालमै पहिलोपटक यतिधेरै उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको दावी गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०६:१५