सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित चार जना नियन्त्रणमा

बाँके । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले ३० ग्राम ४ सय मिलिग्राम प्रतिबन्धित ब्राउनसुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बाँकेका विभिन्न तीन स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको न्यूरोडमा रहेको सत्यम फैन्सी बस्त्रालयका सञ्चालक ४८ वर्षिय अरुण जयसवाललाई २३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । ब्राउनसुगरसहित जयसवाललाई उनकै पसलबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार जयसवालले नेपालगन्जमा ड्रग डिलरको रुपमा कारोवार गर्दै आएको दाबी गरिएको छ । यस्तै प्रहरीले बुधबारनै रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका बैजनाथ गाउँपालिका–१ चिसापानीका मनोज विक र रमेश डाँगीको साथबाट ४ ग्राम र सोही रुटबाट नेपालगन्ज आउँदै गरेका कोहलपुर नगरपालिका–१ का जंगबहादुर थापाको साथबाट ३ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १२:५६