बुटवल । संघीय सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका लागि प्रदेश नम्बर ५ को लागि ६४३ दरबन्दी स्वीकृत गरेको छ । जसमध्ये हालसम्म ९२ जना मात्र कर्मचारी हाजिर भएका छन् ।
विभिन्न मन्त्रालय त्यस अन्तर्गत निर्देशनालय तथा कार्यालयहरुको संरचना सहित दरबन्दी स्वीकृत भएपनि कर्मचारीहरु अझै आइपुगका छैनन् । कर्मचारीहरु नआइपुग्दा यस आर्थिक वर्षमा विनियोजन भएको बजेट खर्चको प्रक्रिया सुरु भएको छैन । कर्मचारीको अभावमा प्रदेश सरकारले बनाएको कार्ययोजना अनुसार काम हुन नसकेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।
‘दसैं तिहार भन्दाअघि सबै कार्यालय व्यवस्थपन हुने, दसैं तिहारपछि टेण्डर प्रक्रियामा जाने, मंसिरबाट कार्यान्वयन गर्ने प्रदेश सरकारको कार्ययोजना थियो,’ उनले भने, ‘कर्मचारी नआउँदा कार्यायोजना अनुसार काम हुन सकेको छैन ।’ मन्त्रालय अन्तरगतको जलश्रोत, सिचाई र उर्जामा केही कर्मचारी आएको र अरु कार्यालयमा नआएको उनले बताए ।
।