सूचनाको शक्ति - The Power Of Information

        

विधेयकको लागि १५ वटा अवधारणा पत्र स्वीकृत

बुटवल । प्रदेश ५ सरकारले १५ वटा विधेयकको लागि अवधारणा पत्र स्वीकृत गरेको छ । आइबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ऐन, कार्यविधि तथा नियमावलीको लागि मस्यौदा तयार गर्नु अघि अवधारणापत्र स्वीकृत गरेको हो ।
बैठकले सुसासन व्यवस्थापन तथा संचालन विधेयक, प्रदेश सञ्चार नीति, विपत व्यवस्थापन कोष सञ्चालन निर्देशिका, प्रदेश प्रहरी सम्बन्धी व्यवस्था, प्रदेश प्रशारण सम्बन्धी, कानूनी व्यवस्था सम्बन्धी विधेयकको लागि सैद्धान्तिक सहमतीको लागि अवधारण पत्र स्वीकृत गरेको हो ।
त्यस्तै स्थानिय तहका पदाधिकारी तथा सुविधा सम्बन्धी पहिलो संसोधन, गाउँसभा तथा नगरसभाको कानून निर्माण सम्बन्धी संसोधन कात्र्तिक १ गतेदेखि लागु हुने निर्णय प्रदेश मन्त्रीपरिषदको बैठकले गरेको छ ।
त्यस्तै प्रदेश तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक, प्रदेश सार्वजनिक खरिद, प्रदेश खानी तथा अन्वेषण, प्रदेश पर्यटन, प्रादेशीक खेलकुद विकास, प्रादेशीक युवाहरुको क्षमता विकास सम्बन्धी विध्येकहरु अवधारणा पत्र प्रदेशको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ ।
१० वटा अवधारण पत्र तयार रहेको र अर्को बैठकमा स्वीकृत हुने मन्त्री बैजनाथ चौधरीले बताए । ‘विजनेस नभएर सदन नबसेको भन्ने थियो । प्रदेश सभाको आगामी अधिवेसनको लागि पर्याप्त विधेयक हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ०२:४१