सूचनाको शक्ति - The Power Of Information

        

ट्रक र माइक्रो बस ठोक्किँदा ६ को मृत्यु, १७ घाइते, यसरी भयो दुर्घटना (हालसम्म पहिचान भएका मृतक र घाइतेको नामावली, फोटो र भिडियोसहित)

बाँके ।

पूर्वपश्चिम राजमार्गमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । माइक्रो चालक र ३ महिला यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभयो ।

हालसम्म पहिचान भएका मृतक तथा घाइतेहरुको नामावली :
दाङबाट नेपालगन्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट विपरित दिशातर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका–९, मुगुवा खोला नजिकै एकआपसमा ठोक्किएका थिए । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंहले जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो दुर्घटना हेर्नुस् भिडियो : 

 

 

 

 

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०५:११