बुटवल । उद्योग व्यापार संघ बुटवलको आयोजनामा राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेला शुक्रवारदेखि बुटवलमा शुरु भएको छ । जिल्ला समन्वय समिति रुपन्देही तथा बुटवल उपमहानगरपालिका प्रवर्धक रहेको प्रदर्शनि असोज २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनुत्पादक क्षेत्रमा लगानी नगर्न व्यवसायीहरुलाई आग्रह गर्दै गरे । उनले सिमा पारीबाट बस्तु आयात गरी छिमेकी उद्योगीलाई पोस्ने काम अन्त्य गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्यामबहादुर पाठकले प्रदर्शनिको लागि अस्थायी संरचनामा ठूलो रकम खर्च भएको भन्दै स्थायी प्रदर्शनि छिटो बन्नुपर्ने बताए ।
४१५ भन्दाबढि स्टल रहेको प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाइल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ । प्रदर्शनीको मुख्य आकर्षण नौतले धरहरा रहेको छ । मेलामा २० करोड रुपैयाँबढिको कारोवार हुने आयोजकको अपेक्षा छ ।
।