सूचनाको शक्ति - The Power Of Information

        

सिम्ताली समाजले भेलाको आयोजना गर्दै

बाँके । सिम्ताली एकता समाज बाँकेले नेपालगन्ज उपमहानगरपालिका स्तरीय बृहत भेलाको आयोजना गर्ने भएको छ । नेपालगन्ज उपमहानगर इकाई समितिका संयोजक कृष्ण विकको अध्यक्षमा आज बसेको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अस्थायी तथा स्थायी बसोबास गर्दै आएका सिम्तालीहरुलाई एकतावद्ध गर्न भेलाको आयोजना गरिएको समाजका केन्द्रीय सदस्य निरक पोख्रेलले जानकारी दिए ।
उनले भने, ‘विभिन्न पेशा तथा व्यवसायका क्रममा नेपालगन्जमा बस्दै आएका सिम्तालीहरुलाई एकतावद्ध गर्न भेलाको आयोजना गरेका हौं ।’ बैठकले नेपालगन्ज उपमहानगर स्तरीय भेलामा उपस्थित हुन सम्पूर्ण सिम्तालीहरुलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ०७:१०