सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा फेरी एक बालिका बालिका बलात्कृत

बाँके । बाँकेमा फेरी एक बालिका बलात्कृत भएकी छन् । नेपालगन्ज–१२ विपी चौकमा रहेको एक होटलमा आमासँग बस्दै आएकी बालिका बलात्कृत भएकी हुन् । उनकी आमा सोही होटलमा काम गर्दै आएकी छन् ।
होटल सञ्चालकका १८ बर्षिय छोराले बलात्कार गरेको उजुरीका आधारमा बाँके प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ०१:५९