सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीलाई जिम्मेवार बन्न भन्दै ज्ञापनपत्र

खम्वप्रसाद पुन । बाँके । उखान टुक्का र गैरजिम्मेवारी अभिब्यक्तिले देश चल्न नसक्ने भन्दै आज नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । नेपाली काँगे्रस सम्बद्ध नेपाल महिला संघ बाँकेले आयोजना गरेको बिरोध र्याली पार्टी कार्यालयबाट निस्केर जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।
गैरजिम्मेवारी अभिब्यक्तिले सहिष्णुताभन्दा असहिष्णुता बढ्दै गएकाले संबिधानको कार्यान्वयन गर्ने घडीमा संबेदनसिल रहन प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । हत्याहिंसा, दिनहुँ महिलामाथि बलत्कार, बढ्दो महंगी र कर आतंकले नेपाली जनजीवन आक्रान्त हुँदै गएकोले सरकार चाँडोभन्दा चाँडो गम्भीर रहन उक्त ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन र दोषिलाई तत्काल सार्वजनिक गरी कडा कावाही गर्न समेत माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई पुग्ने गरी नेपाल महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएकी हुन् । कार्यक्रममा नेपाली काँगे्रस बाँकेकी सभापति किरण कोइराला, सचिव तप्त पौडेल, नगर सभापति प्रशान्त बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतवार १०:५०