सूचनाको शक्ति - The Power Of Information

        

सन नेपाल लाइफ इन्स्योरेन्स दोस्रो बर्षमा

बाँके । प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रमका माध्यमबाट बिमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोवार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमाबाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९ हजार ८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार ६६५ रुपैयाँ प्रिमियम संलकन गरेको छ भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदैछ ।
कम्पनीले यही आश्विन ६ गते सामाजिक सेवा दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक प्रांगण, भेरी अञ्चल अस्पताल नेपालगन्जमा कर्मचारी र अभिकर्ताहरुद्धारा रक्तदान कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक नेपालगन्जका बरिष्ठ सहायकतथा रक्त प्राविधिक सोमप्रसाद सापकोटा रहेको कार्यक्रमको अध्यक्षता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपालगन्ज शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले गरेका थिए ।
अतिथिहरुमा सहायक रक्त प्राविधिकद्वय होमराज गिरी र सुनिता कुमाई थिए । कार्यक्रम संयोजक भीमप्रसाद तिमिल्सेनाको संचालन र कम्पनीका जुनियर अधिकृत कमल शाहीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अभिकर्ता, कर्मचारी र शुभचिन्तकहरुको उपस्थितिबीच सम्पूर्ण रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार १०:४९