बाँके । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति र सद्भावका लागि विद्यार्थीको भूमिका विषयक निवन्ध प्रतियोगिता शनिबार खजुरामा सम्पन्न भएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितीको आयोजना तथा जनजागरण समाजको सहयोगमा मावि स्तरिय प्रतियोगिता गराइएको हो ।
शान्तिका लागि सद्भाव भन्ने मूल नारा सहित आयोजना गरिएको प्रतियोगितामा ज्ञानोदय माविका कोमल उपाध्याय प्रथम, ध्रुवतारा विद्या मन्दिरका विभूति शाही द्वितिय र जेनिथ माविका सन्ध्या गिरी तृतिय भएका छन् ।
यसैगरी योगिनी माविका निशा खड्का र गुराँस माविका रितेश पुन सान्तोना स्थान हाँसिल गरेको खजुरा गाउँपालिका गाउँ शिक्षा समिती तथा खजुरा गाउपालिकाका श्रोत व्यक्ति टंकनाथ दाहालले जानकारी दिए । ज्ञानोदय बहुमुखी क्याम्पसमा आयोजना गरिएको प्रतियोगितामा विजेता प्रथमलाई शिल्डसहित ३ हजार, द्वीतिय, तृतिय र सान्तोनालाई क्रमशः दुई हजार, एक हजार र ५/५ सय प्रदान गरिएको श्रोत व्यक्ति दाहालले जानकारी दिए ।
।