सूचनाको शक्ति - The Power Of Information

        

ज्ञानोदयमा आलु प्याज प्रतियोगिता

बाँके । बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले अतिरिक्त कृयाकलाप अन्तर्गत शुक्रबार एक फरक खाले प्रतियोगिताको आयोजना गर्यो । विद्यालयमा रहेको बालल्वको आयोजनामा आलु प्याज प्रतियोगिता नामक एक रोचक कार्यक्रमको आयोजना गरेको हो ।

प्रतियोगितामार्फत कृषि उपजप्रति विद्यार्थीको ध्यान आकर्षण गर्ने र संकलित आलु र प्याज असहाय तथा बृद्धाश्रमहरुमा प्रदान गर्ने उदेश्य राखिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले आलु प्याजसँगै बृद्धाश्रमका बृद्धाहरुलाई एक छाक खाना खुवाउने गरी तयारी गरेको ज्ञानोदय बाल क्लवका अध्यक्ष सन्ध्या थापामगरले जानकारी दिइन् ।

कक्षागत रुपमा चलेको प्रतियोगितामा कक्षा ३ मा अध्ययनरत विद्यार्थी लव पुनले ल्याएको ६५० ग्राम तौल भएको आलु प्रथम भएको थियो । प्रत्यक कक्षागतरुपमा प्रथम हुनेहरुलाई विद्यालयले शैक्षिक सामाग्री पुरस्कारको रुपमा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १०:५६