
बाँके । हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको धार्मिकस्थलका रुपमा परिचित बाँकेको खजुरामा रहेको मुसबेटवा बाबा ब्यवस्थापन समितिको अध्यक्षमा कलामुद्दिन मनिहार चयन भएका छन् । समितिका संरक्षक एवं खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकबीर सुनारको उपस्थितिमा ११ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा उमेद अलि शेख, सचिवमा देवराम बिसी, कोषाध्यक्षमा शेरबहादुर गुरुङ्ग चयन भएका छन् । समितिको सदस्यहरुमा मुनिर अहमद शेख, खडकबहादुर वली, मो.रिजवान खाँ, रुपासिंह भण्डारी, जमिल अहमद शेख, टोपेन्द्र खत्री र निर्मल खनाल रहेका छन् ।
।