सूचनाको शक्ति - The Power Of Information

        

निर्मला हत्याविरुद्ध बाँकेमा प्रशासनमा धर्ना


बाँके । बलात्कारपछि हत्या गरिएकी कन्चरपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बाँकेमा धर्ना दिइएको छ । निर्मलाका लागि न्याय अभियान अन्तरगत आइतबार नेपालगन्ज प्रशासनमा धर्ना दिइएको बाँके जिल्ला बारका पूर्वअध्यक्ष विश्वजीत तिवारीले जानकारी दिए ।
प्रदर्शनपछि सिठी जुलुससहित धर्ना बसेको आयोजकले बताएका छन् । बलात्कारपछि हत्या गरिएको करिब दुई महिनासम्म पनि सरकारले हत्याराको पत्ता लगाउन नसकेको भन्दै सर्वसाधारणरू आक्रोशित बनेका छन् । प्रर्दशनमा सर्वसाधारण, अधिकारकर्मी, कानुनी व्यवसायी, उद्योगीहरुको स्वतःस्फूर्त रुपमा सहभागिता रहेको तिवारीले जानकारी दिए । निर्मलाका लागि न्याय भन्दै शनिबार नेपालगन्ज र कोहलपुर लगायत देशैभर प्रर्दशन भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार १५:२४