सूचनाको शक्ति - The Power Of Information

        

उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न पत्राचार


देवी भण्डारी । दाङ । स्वास्थ मन्त्रालयले दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न पत्राचार गरेको छ । अस्पतालको सम्पूर्ण चलअचल सम्पति अब स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत हुनेछ । स्वास्थ्य मन्त्रालयका साचिव डा. पुष्पा चौधरीले भदौ २९ गते निर्णय गरेको थियो ।
अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ को दफा १५ को उपदफा २ बमोजीम विधान समितिले चलअचल सम्पति ऋणधन, लेनदेन, कारोबार, लगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई बुझाउनुपर्नेछ । साथै विकास समितिका कर्मचारीलाई प्रतिष्ठान अन्तरगत र सरकारी कर्मचारलिाई प्रतिष्ठान वा अन्यत्र सरुवाबारे रोज्न दिइने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार १५:१७