सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय कर्मचारी आन्दोलित, विद्यालय बन्द गर्ने चेतावनी


बाँके । बाँकेका विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आज जिल्ला प्रशासन र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् ।
विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितीका बाँके संयोजक विरेन्द्र यादवले जिल्लाका विद्यालयमा कर्मचारीहरुको चरम शोषण भइरहेको बताए । सर्वाेच्च अदालतले २०६७ सालमा विद्यालय कर्मचारीहरुको सेवा, शर्त र सुविधा निश्चित गरि सेवा कानुन बनाई लागु गर्नु भनि दिएको आदेश कार्यान्वयन नभएको र शिक्षा ऐनमा कर्मचारीहरुलाई झुक्याउने गरि अस्पष्ट व्यवस्था गरिएको भन्दै आन्दोलन सुरु गरिएको यादवको भनाई छ ।
आन्दोलनका केन्द्रिय कार्यक्रमअनुसार उनीहरुले माग पुरा गराउन कालोपट्टि बाँधेर काम गर्नेदेखि काठमाडौमा रिले अनसनसम्मका कार्यक्रम तय भएको बताएका छन् । माग पुरा नभए विद्यालय बन्द गर्न बाध्य हुने उनीहरु बताउँछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार १४:५७