सूचनाको शक्ति - The Power Of Information

        

ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा अधिकारी

बाँके । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा हरिभक्त अधिकारी निर्वा्चित भएका छन् । लामो विवादमा रहेको केन्द्रको आइतबार सम्पन्न १७औं साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति छनौट गरेको हो ।
समितिको उपाध्यक्षमा संगीन शर्मा, सचिवमा बलबहादुर खड्का, कोषाध्यषमा माया गोतम र विनोद पौडेल निर्वाचित भएको उपाध्यक्ष संगीन शर्माले जानकारी दिए । नवनिर्वाचित कार्य समितिमा कृष्णाकुमारी चालिसे, टंक लामिछाने, सुरेन्द्र बहादुर थापा, डाक्टर देबेन्द्र आचार्य, निर्मला सुनार, राजेन्द्र विष्ट, बद्रि ढकाल र दिपक राई सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रको संरक्षकमा होमप्रकाश सुवेदी, भीमप्रसाद देवकोटा, गौरिकान्त आचार्य, प्रेम भुषाल र सावित्रा पुन चयन भएका छन । साधारणसभाले पुजन विश्वकर्मा, नरेन्द्र पाण्डे, बलराम भट्टराई, विष्णुप्रसाद वेल्वासे, गोमा शाही, बालकुमारी आचार्य र रेणुका खड्कालाई सल्लाहकारमा चयन गरेको नवनिर्वाचित उपाध्यक्ष शर्माले बताए ।
उनकाअनुसार सभाले हेमविक्रम जिसीको संयोजकत्व आर्थिक तेजप्रसाद चापागाँईको संयोजकत्वमा पुस्तक संकलन, खिलप्रसाद भुषालको संयोजकत्वमा स्रोत व्यवस्थापन, शिव सुनारको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको छ । महिला सदस्य कल्पना अधिकारीको अध्यक्षतामा भएको सभाले विवादित १३५ जना साधारण सदस्यको सदस्यता खारेज गर्ने निर्णय समेत गरेको छ ।
नवनिर्वाचित समितिलाई असोज २ गते सपथग्रहण तथा पदभार गराउने निर्वाचन मण्डलका संयोजक जगतजंग बुढाथोकीले बताए । स्मरणहोस् यसअघि चेतकान्त भट्टराईको अध्यक्षतामा पनि उक्त पुस्तकालय (केन्द्र)को नयाँ कार्य समिति गठन गरिएको थियो । आइतबारसहित यस केन्द्रको १७ औं साधारण सभा दुई पटक सम्पन्न भएको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार ११:४५